२०८२ कात्तिक १७ सोमबार
Jhapa Today
Adv top

ब्राउनसुगरसहित नुवाकोटका तामाङ मेची पुलमा पक्राउ


बिर्तामोड, कात्तिक १७ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् ।

आज साँझ ५ बजे मेचीनगर – ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट किस्पाङ गाउँपालिका ३ बस्ने २७ वर्षीय रामबहादुर तामाङ लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकबाहेक १७ ग्राम २०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई लागूऔषधसहित नियन्त्रणमा लिई अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

Adv footer