
बिर्तामोड, कात्तिक २२ । मेचीनगरका माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान १०ः३० बजे मेचीनगर –४ बाहुनडाँगी बस्ने वर्ष ५५ को विकास प्रधानको आफ्नै माछा पोखरीमा हात्ती रोकथामको लागि लगाएको फेन्सिङ तारबाट जडान गरी पोखरीमा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते मृत्यु भएको हो ।

घाईते भएका प्रधानलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । पोखरी छेउमा बाँधिएको गाईलाई पनि करेन्ट लागेर मृत्यु भएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




