२०८२ कात्तिक २८ शुक्रबार
Jhapa Today
Adv top

मेचीनगरमा ‘डग स्न्यापिङ’ मा १२ जना लागुऔषध प्रयोगकर्ता पक्राउ


बिर्तामोड, कात्तिक २८ । झापाको मेचीनगरमा प्रहरी कुकुरमार्फत लागुऔषध प्रयोगकर्ता पक्राउ गरिएको छ । ‘डग स्न्यापिङ’ मा १२ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–१० खयरडाँगीको छोटा पाकिस्तानतबाट मेचीनगरका विभिन्न वडाका १२ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर–७ का १३ वर्षीय र १४ वर्षीय बालक, वडा नम्बर ९ का २४ वर्षीय राजु चौधरी, वडा नम्बर १० का २२ वर्षीय सुनिल साह, सोही ठाउँका २० वर्षीय अनिल साह, ३१ वर्षीय थारुक आलम, २१ वर्षीय माफिज आलम छन् ।

त्यस्तै, वडा नम्बर ११ का २४ वर्षीय बिशाल चौधरी, २८ वर्षीय विवेक चौधरी, बुद्धशान्ति–३ का २६ वर्षीय निपुल लिम्बू, सोही ठाउँ बस्ने २६ वर्षीय आकाश तामाङ र वडा नम्बर ४ का २३ वर्षीय विवेक राई रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको छ । हिजो दिउँसो १२ बजे कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट डग स्न्यापिङ टोलीले सम्भावित ठाउँहरुमा खोजी गरेको थियो ।

दुईवटा कुकुरको सहयोगमा डग स्नापिङ सुरु गरिएको थियो । सम्भावित अपराध रोकथाम, लागुऔषध नियन्त्रण, पहिचान तथा न्यूनीकरण गर्ने उद्देश्यले गरिएको डग स्न्यापिङका क्रममा लागुऔषध प्रयोगकर्ता पक्राउ परेका हुन् ।

Adv footer