
बिर्तामोड, कात्तिक २८ । झापाको बिर्तामोडमा सक्रिय सामाजिक संस्थाहरुबीच एकदिने फुटसल प्रतियोगिता हुने भएको छ ।सामाजिक संस्था फुटसल प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको आयोजक एमकेके ग्रुपका अध्यक्ष आकाश उप्रेतीले जानकारी दिए ।
बिर्तामोड स्पोर्टस् सेन्टरमा हुने प्रतियोगिता भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ । जेनजी आन्दोलनमा मृत्यु भएका दिनेश राजवंशी र गोपाल सेढाईंको स्मृतिमा फुटसल हुन लागेको हो ।
एमकेके ग्रुपले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित एमआरआर, दाह्री ग्याङ, प्रणामी टोल युवा परिवार, नेप्लिज टिन्स, क्रियटिभ नेप्लिज युथ, झापाली ब्लड डोनर सोसाइटी र अनारमनी सोसियल युथ क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता तथा उपविजेता नगद तथा ट्रफी पाउने उप्रेतीले बताए । त्यस्तै, उत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ताले नगद र ट्रफी पाउने छन् ।





