बिर्तामोड, कात्तिक ३० । झापाको भद्रपुरमा कुर्सीबाट लडेर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर २ गौरीशंकर बस्ने ध्रुव राईका छोरा ६ वर्षीय आयन राई रहेका छन् ।
हिजो साँझ सवा ५ बजे आफ्नै घरको आँगनमा खेल्ने क्रममा आयन कुर्सीबाट लडेर अचेत भएका थिए । उनका बुबाले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।

बालकको भवितव्यले मृत्यु भएको भन्दै मृतकका बुवाले पोस्टमार्टम गर्न नदिई आवश्यक समन्वय गरी शव बुझेर लगेको प्रहरीले जनाएको छ ।





