२०८२ मंसिर २ सोमबार
Jhapa Today
Adv top

दुर्घटनामा घाइते बुद्धशान्तिका चालकको मृत्यु


बिर्तामोड, मंसिर १ । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का २६ वर्षीय अभिषेक नेवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कात्तिक २९ गते राति साढे ९ बजेको समयमा बुद्धशान्ति–४ मंगलबारेस्थित भित्री सडक खण्डमा भञ्जयाङबाट मङ्गलबारेतर्फ जाँदै गरेको मे. १० प ११०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक नेवारलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो ।

कात्तिक ३० गते राति ९ बजेको समयमा घाइते भएका उनलाई आफन्तले घर लिई गएकोमा आज बिहान साढे ६ बजे उनको घरमै मृत्यु भएको हो ।

Adv footer