
बिर्तामोड, मंसिर १ । भारतमा रेल दुर्घटना हुँदा झापा कचनकवलका एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ स्थित पगलीभिट्टा निवासी कार्तिक मियाका छोरा फरमुद आलम रहेका छन् ।
पारिवारिक स्रोतका अनुसार आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा हिजो राति उत्तर प्रदेश राज्य जागिपुर रेलवे स्टेसननजिकै लडेर गम्भीर घाइते भएका थिए । घाइते उनको त्यत्रि बेलै मृत्यु भएको हो ।
उनी कामको सिलसिलामा केही महिनाअगाडि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । शवको कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।







