
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राजेन्द्रप्रसाद लिङदेन सर्वसम्मत चयन भएका छन् । लिङदेन बिर्तामोड वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष हुन् ।
उनी स्थानीय समाजसेवी, बुद्धिजीवी, चन्दादाता समूहबाट समितिको सदस्यका चयन भएका थिए । उनीसँगै लीला मैनाली ओली पनि सोही समूहबाट सदस्यमा चयन भएकी थिइन् ।
त्यस्तै, जेठमा भएको अभिभावक भेलाले बुद्धराज लावती, रतन राजवंशी, डम्बरकुमारी थापा र अनिमा राजवंशीलाई सदस्यमा सर्वसम्मत चयन गरेको थियो ।

बिर्तामोड-५ मा रहेको विद्यालयको सदस्यका वडा अध्यक्ष रोहित प्रसाईं, शिक्षक प्रतिनिधिमा उमेशकुमार शाहु र सदस्य सचिवका प्रधानाध्यापक अम्बिका श्रेष्ठ रहेका छन् ।
९ सदस्यीय समितिले आज पूर्णता पाएको हो । समितिको कार्यकाल ३ वर्षको हुनेछ । देवी मावि बिर्तामोडको अब्बल र सर्वाधिक विद्यार्थी भएको सामुदायिक विद्यालय हो ।







