
बिर्तामोड, मंसिर ५ । झापाको बिर्तामोडमा सञ्चालनमा रहेको कनकाई हस्पिटल प्रालिले अत्याधुनिक तथा गुणस्तरीय सेवासहित नयाँ भवनबाट सेवा दिने भएको छ ।
हाल सञ्चालन रहेको भवनभन्दा पूर्वपपट्टि बिर्तामोडस्थित सिटी सेन्टरको उत्तर धर्मकाँटा रोडमा रहेको पुरानो ढुङ्गे घरबाट सेवा दिने तयारी अन्तिम चरण्मा पुगेको अस्पतालका अध्यक्ष युवराज डाँगीले बताए ।
बिर्तामोडको लोकप्रिय हस्पिटलमध्ये एक हस्पिटल कनकाईले मंसिर महिनाभित्र अत्याधुनिक सेवासहितको सेवा नयाँ भवनबाट दिने अध्यक्ष डाँगीले जानकारी दिए । बिरामीका लागि आधुनिक तथा गुणस्तरीय सेवा दिँदै आएको हस्पिटलको नयाँ भवनबाट लिफ्टसहितको सेवा दिने अध्यक्ष डाँगीको भनाइ छ ।

इमरजेन्सी सेवा अन्तर्गत मेरुदण्ड, हाडजोर्नी, स्त्री तथा प्रसूति, बाथ, जनरल सर्जरी, मुटुरोग मानसिक, नवजात तथा बालरोग, नाक, कान, घाँटी, यौन तथा छाला रोग लगायतका अन्य विभिन्न उपचार सेवाहरुका दिइरहेको छ ।
विशेषज्ञ सेवा, हाम्रो प्रतिबद्धता, सबैको पहुँचमा हाम्रो स्वास्थ्य सेवा भन्ने मुला नाराका साथ स्थापना भएको हस्पिटलमा स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, जनरल ल्याप्रोस्कोपिक सर्जन, गाइनेकोलोजी, रुमेटोलोजी, हेपाटोलोजीसर्जन, पेडियाट्रिक, कार्डियोलोजी, रेडियोलोजी, एनेस्थेटिक, फिजियोसिटी स्क्यानलगायतका सेवाहरु हस्पिटलमा उपलब्ध रहेका छन् ।
उक्त सेवाहरुलाई अझ अत्याधुनिक साथै गुणस्तरीका साथ सेवा दिने हस्पिटलको तयारी रहेको छ ।






