२०८२ मंसिर ५ शुक्रबार
Jhapa Today
Adv top

अर्जुनधारामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने


बिर्तामोड, मंसिर ५ । झापाको अर्जुनधारामा अर्जुनधारा महिला खुला भलिबल प्रतियोगिता हुुने भएको छ । प्रतियोगितामा तीन विभागीयसहित राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।

आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिले आज खेलमैदान लक्ष्मी माविमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता यही मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चनलन हुने सल्लाहकार संयोजक वीरबहादुर राईले बताए ।

प्रतियोगितामा नेपाल एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, न्यु डायमन्ड, एभरेस्ट लुम्बिनी र कोशी प्रदेशको टिमले लिग तथा नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने दुई टिमले नगद ३० हजारका दरले पुरस्कार पाउने छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद पाँच हजार र ट्रफी पाउने छन् ।

त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले नगद १० हजार र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् । प्रतियोगिता सम्पन्न गर्न २७ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देनले प्रतियोगितालाई नगर गौरवका रुपमा लिएको बताए । उनले चाँडै नगरपालिकाभित्र रंगशाला निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काले प्रतियागिताको प्राविधिक पक्षबारे पत्रकारलाई जानकारी दिएका थिए ।

Adv footer