२०८२ मंसिर ७ आइतबार
Jhapa Today
Adv top

मेचीनगरमा ट्रयाक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


बिर्तामोड, मंसिर ७ । झापाको मेचीनगरमा हिजो साँझ भएको सडक दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-१५ बिचार्नीका ३८ वर्षीय विनोद राउत रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मेचीनगर-१५ हेल्दुुबारीस्थित भित्री सडकखण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकलले सडकछेउमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक राउतको मृत्यु भएको हो । दुर्घटना हिजो साँझ ६ बजे भएको हो । राउतको उपचारको क्रममा बिएन्डसी अस्पतालमा साँझ ७ः४५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते भएका छन् । राउत र भुजेलको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर-१५ बस्ने ३० वर्षीय होप्ना हस्दालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adv footer