२०८२ मंसिर ७ आइतबार
Jhapa Today
Adv top

तीन हजारले बढ्यो सुन


बिर्तामोड, मंसिर ७ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ९ सय रुपैयाँले बढेको हो ।

सुन बढेर २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार १०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ९ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६८८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer