२०८२ मंसिर ८ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडमा सस्तियो प्याज, बढ्यो सिमी र बोडी


बिर्तामोड, मंसिर ८ । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज पछिल्ला दिन घट्दै गएको छ । आज प्याजको थोक मूल्य प्रतिकिलो ३२ रुपैयाँदेखि ३४ रुपैयाँमा कायम भएको छ ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार सोमबार टमाटर, घिउ सिमी, टाटे सिमी र बोडी केही महँगिएको छ । बिर्तामोडमा पाँचथर, दोलखा र स्थानीय टमाटर १०२ रुपैयाँ र भारतीय टमाटर १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

आलुको भाउ केही दिनदेखि स्थिर छ । रातो आलु स्थानीय, काठमाडौँ, इलाम र भारतीय २० रुपैयाँदेखि ५५ रुपैयाँमा प्रतिकिलो कारोबार भइरहेको छ । खासा लसुन १५० रुपैयाँदेखि २०० रुपैयाँ छ ।

त्यस्तै, घिउ सिमी प्रतिकिलो न्यूनतम १६० रुपैयाँदेखि अधिकतम २०० रुपैयाँ र टाटे सिमी १२० रुपैयाँदेखि १५० रुपैयाँमा थोक कारोबार भएको छ । यी सिमी खुद्रा २४० रुपैयाँमा बेच्न राखिएको छ ।

तने बोडी १४० रुपैयाँदेखि १५० रुपैयाँ, मटरकोसा १५० रुपैयाँदेखि १६० रुपैयाँ, तिते करेला १०० रुपैयाँदेखि १२० रुपैयाँ, लौका ६५, स्थानीय परवर ११०, भिन्डी १२०, बरेला अधिकतम ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

त्यस्तै, धनकुटा शान्तिनगर, तराई र भारतीय काउली प्रतिकिलो १०० रुपैयाँ, सेतो मुला ५५, लामो भन्टा ८०, डल्लो भन्टा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

रायो साग ४० रुपैयाँ प्रतिमुठा, हरियो धनियाँ २५० रुपैयाँ प्रतिकिलो, तोरीको साग १०० रुपैयाँ प्रतिकिलो छ । इस्कुस १५, तरुल ११०, कन्य च्याउ १७०, डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो छ ।

Adv footer