बिर्तामोड, मंसिर ९ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ हजार २ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार पनि सुन तोलाको २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ५३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७४४ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

केही दिन घटेको सुन फेरि उकालो लागेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।






