२०८२ मंसिर ९ मंगलबार
Jhapa Today
Adv top

धुलाबारीका कार्की रामघाटको सिँडीमा मृत फेला


बिर्तामोड, मंसिर ९ । झापाको मेचीनगर१० धुलाबारीमा रहेको रामघाटको सिँडीमा एकजना व्यक्ति मृत फेला परेका छन् ।

आज बिहान मेचीनगर १० खयरडाँगी बस्ने ५५ वर्षीय काजीकुमार कार्की रामघाटको सिँडीमा कोल्टे परी मृत्त अबस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर हुँदै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adv footer