बिर्तामोड, मंसिर १० । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार पनि सुन तोलाको २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
अघिल्लो दिन मंगलबबार तोलाको ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७७० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।






