२०८२ मंसिर ११ बिहीबार
Jhapa Today
Adv top

बाह्रदशीमा गाँजा खेती, प्रहरीद्वारा २१२ बोट नष्ट


बिर्तामोड, मंसिर १० । झापामा गाँजा खेती भइरहे पनि प्रहरीले बल्ल थाहा पाएर नष्ट गरेको छ । झापाका सीमावर्ती क्षेत्रमा सानो क्षेत्रफलमा गाँजा खेती हुँदै आएको छ ।

प्रहरीले भारतसँग सीमा जोडिएको बाह्रदशी गाउँपालिका–२ खाडीबस्तीमा गाँजा खेती गरिरहेको भेटिएपछि नष्ट गरेको छ । गाँजाको पात सुकाएर धूमपानको रुपमा सेवन गरिन्छ ।

खाडी बस्तीमा गाँजा खेती गरिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजगढले गाँजाका २१२ बोट फडानी गरेर नष्ट गरेको जनाएको छ ।

प्रहरीले गाँजालाई पनि लागुऔषध भन्दै आएको छ । र, नेपालमा यसको सेवन र कारोबार प्रतिबन्धित छ । तर, अधिकांश क्षेत्रमा गाँजाको सेवन खुलेआम हुँदै आएको छ ।

Adv footer