२०८२ मंसिर १५ सोमबार
Jhapa Today
Adv top

व्यवसायी राहत कोषमा उपाध्यक्ष थापाको २१ हजार


बिर्तामोड, मंसिर १५ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषलाई संघका उद्योग उपाध्यक्ष विशाल थापाले २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

जन्मदिनको अवसर पारेर उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम प्रदान गरेका हुन् । हिजो साँझ बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष थापाले राहत कोषमा दिएका हुन् ।

कोषमा हातेमालो बढाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै व्यवसायीलाई आपत–विपतमा तत्काल सहयोग पुग्ने उद्देश्यले कोष विस्तार अत्यावश्यक भएको बताए ।

“हाम्रो लक्ष्य एक करोड रुपैयाँ पुर्‍याउने हो,” थापाले भने, “थोरै भए पनि कोष वृद्धिमा योगदान दिन पाउनुमा खुसी छु ।”

Adv footer