२०८२ मंसिर १६ मंगलबार
Jhapa Today
Adv top

झापामा मोटर चोर्ने मगर पक्राउ


बिर्तामोड, मंसिर १६ । घरमा प्रयोग हुने पानी तान्ने मोटर चोरी गरेर साइकलमा भारततर्फ लाँदै गर्दा सीमावर्ती झापा गाउँपालिकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई-४ सुरुङ्गा बस्ने २७ वर्षीय अशोक मगर रहेका छन् । मगरलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको नियमित गस्ती टोलीले पक्राउ गरेको हो ।

उनीमाथि शंका लागेर जाँच गर्दा उनले मोटर चोरी गरेको पुष्टि भएको थियो । मोटरसहित नियन्त्रणमा लिएर मगरलाई आवश्यक कारबाहीको लागि पठाइएको छ ।

आज बिहान ६ः५० बजे झापा गाउँपालिका वडा नम्बर ४ चौधरी बस्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

झापा गाउँपालिकामा चोरीका घटना बढ्दै गएको छ । चार दिनअघि झापा गाउँपालिका वडा नम्बर ३ मा चोरी भएको थियो ।

कामाटोली बजारदेखि लगभग २०० मिटर टाढा विनिताकुमारी गणेशको घरबाट लगभग २२ तोला चाँदी, एक तोला सुन र नगद दुई हजार पाँच सय चोरी भएको थियो ।

Adv footer