
दमक, मंसिर १७ । झापाको कमल गाउँपालिकास्थित मंगलमय स्काउट ट्रुपको पहिलो तहको शैक्षिक वर्ष २०८२ को सदस्यता ब्याज (दीक्षान्त समारोह) वितरण सम्पन्न भएको छ ।
मंगलमय स्काउट ट्रुपका संरक्षक तथा मंगलमय माविका प्रधानाध्यापक मोहनकुमार बगालेको अध्यक्षतामा स्काउट दलको सदस्यता ब्याज वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कमल गाउँपालिका सदस्यता वृद्धि आयुक्त तुलसा खड्का, कमल गाउँपालिका वित्तीय आयुक्त देवराज बस्नेत, कमल गाउँपालिका स्काउट परिषद सदस्य अनिल पराजुली, मंगलमय स्काउट मास्टर अनुजा सापकोटा र कमला मदन आश्रित स्काउट मास्टर खर्गेश्वर उपाध्यायको उपस्थिति रहेको थियो ।




