२०८२ माघ २९ बिहीबार
Jhapa Today
Adv top

बिर्तामोड उद्योग वाणिज्य संघको वार्षिकोत्सवमा पूर्वअध्यक्षहरु सम्मानित


बिर्तामोड, मंसिर १९ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापनापछि पहिलोपटक आयोजना गरेको औपचारिक वार्षिकोत्सव कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । संघ २०३८ सालमा स्थापना भएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्वअध्यक्षहरू चतुर्भुज सरिया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराई र बलराम कार्कीलाई सम्मान गरिएको थियो ।

४४ औँ वार्षिकोत्सव कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, संघका पूर्वअध्यक्ष चतुर्भुज सरिया, उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा महासंघका केन्द्रीय उपाध्यक्ष ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

यसैबीच ‘द भ्वाइस अफ किड्स सिजन ४’ का फस्र्ट रनरअप तथा बेस्ट परफर्मर स्मयन बजगाईं र ‘सारेगमप लिटल च्याम्स सिजन २’ का सेकेन्ड रनरअप संस्कार सापकोटालाई पनि सम्मान गरिएको थियो ।

Adv footer