२०८२ मंसिर २० शनिबार
Jhapa Today
Adv top

भलिबल प्रशिक्षक राईलाई झापामा एक लाखको सम्मान


बिर्तामोड, मंसिर २० । न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई झापामा सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो ।

बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले उनलाई एक लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान गरिएको हो ।

राईलाई वीरबहादुर राई, नारायण राई, सन्तोष राई र कलाकार विल्सनविक्रम राईले एकमुष्ट ५१ हजार रुपैयाँ प्रदान गरे । त्यस्तै, आदर्श स्कुल अफ मेनेजमेन्टले १७ हजार ५०० रुपैयाँ, झापा गोल्डकपका अध्यक्ष केदार गिरीले १५ हजार रुपैयाँ प्रदान गरे ।

त्यस्तै, अर्जुनधारा नगर खेलकुद विकास समितिले ११ हजार रुपैयाँ, बिर्तामोड भलिबल प्रशिक्षण केन्द्रले सात हजार ५०० र सेवारो क्याफेले पाँच हजार रुपैयाँ प्रदान गरे ।

राईले कुल एक लाख सात हजार रुपैयाँ पाएका थिए । उनलाई ढाका टोपी तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रशिक्षक राईले विगत १९ वर्षदेखि चन्द्रागिरी नैकापमा रहेको न्यु डायमन्ड एकेडेमीलाई निरन्तर प्रशिक्षण दिइरहेका छन् । डायमन्ड विभागीय टोलीलाई चुनौती दिने एक्लो सिभिल टोली हो । उनकै प्रशिक्षणमा डायमन्डले दुई दर्जनभन्दा बढी उपाधि जितेको छ ।

Adv footer