२०८२ मंसिर २१ आइतबार
Jhapa Today
Adv top

बिर्तामोडबाट भागेका थुनुवा पक्राउ


बिर्तामोड, मंसिर २१ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका २ बस्ने २६ वर्षीय अर्जुन विश्वकर्मालाई हिजो बिहान ९ः४५ बजे इलाका प्रहरी कार्यालय सुरुङ्गाले घरबाटै नियन्त्रणमा लिएको हो ।

अभद्र व्यवहार मुद्दामा उनी पक्राउ परेका थिए । थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ । विश्वकर्मासँगै झापाका प्रहरी कार्यालयहरुबाट भागेका २१ जना थुनुवा पक्राउ परेको प्रहरीले जनाएको छ ।

भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले झापामा गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भई अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएका थिए । त्यसमध्ये २१ जना पक्राउ परेको र फरार रहेका ७१ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवाहरुलाई भगाइएको थियो ।

Adv footer