
बिर्तामोड, मंसिर २१ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने बढेको छ ।
अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ९० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।




