२०८२ मंसिर २२ सोमबार
Jhapa Today
Adv top

तोलामा ७ सयले बढ्यो सुनको मूल्य


बिर्तामोड, मंसिर २२ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने घटेको छ ।

अघिल्लो दिन आइतबार तोलाको ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १६ हजार ८२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७४ रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer