२०८२ मंसिर २४ बुधबार
Jhapa Today
Adv top

बिर्तामोडमा मानवअधिकारको विषयमा प्रभातफेरी र अन्तरक्रिया


बिर्तामोड, मंसिर २४ । झापाको बिर्तामोडमा ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मानवअधिकार जीवनको अपरिहार्य आधार भन्ने मुल नाराका साथ मानवअधिकार सञ्जाल झापाको आयोजनामा कार्यक्रम भएको हो ।

आज बिहान बिर्तमोड मुक्तिचोक परिसरमा भएको प्रभातफेरीमा सुरुवाती कोठा नेपाल, एम्नेस्टी इन्टरनेसनल, एसएनजेडी, मानवअधिकार प्रतिष्ठन, नारी सञ्चार गृह, एबिसी नेपाल लगायत संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

त्यस्तै, गोमेन्द्र कलेजमा भएको अन्तरक्रियमा मानवअधिकारको प्रर्बद्धनमा सरोकारवालाको भूमिका विषयमा अन्तरसम्वाद गरिएको थियो ।

प्रभातफेरीपछि भएको सभामा एबिसी नेपालकी कञ्चना सिटौला, एम्नेस्टी इन्टरनेसनलका प्रतिनिधि सुरेशकुमार भद्रपुरे, हुर्फनका झापा अध्यक्ष तोया काफ्ले, सञ्चारकर्मी रेजिना रोदन लगायतले सम्बोधन गरेका थिए ।

अन्तरक्रियामा इन्सेक झापाका स्रोत व्यक्ति नरेश खातीले जिल्लाको मानवअधिकारको अवस्थाबारे प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राज्यले नागरिकप्रति अधिकार पालना गर्नेमा जोड दिए ।

त्यस्तै, झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, मानवअधिकार रक्षक परिषद कोशी प्रदेश अध्यक्ष विष्णु खरेल, महासचिव कमल कोइराला, सञ्चारकर्मी स्वास्तिका आचार्यलगायतले मानवअधिकारका विषयमा धारणा राखेका थिए ।

मानवअधिकार सञ्जाल झापाका सचिव दिपक दासले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालले गरेका थिए ।

Adv footer