
बिर्तामोड, मंसिर २५ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाला सुन तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य हालसम्मकै उच्च हो ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १६ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार २६२ रुपैयाँमा कारोबार भइरहेको छ ।




