२०८२ मंसिर २५ बिहीबार
Jhapa Today
Adv top

कनकाईमा दुर्घटनामा घाइते बाह्रदशीका राजवंशीको मृत्यु


बिर्तामोड, मंसिर २५ । झापाको कनकाई नगरपालिका–८, खाडी बस्तीस्थित भित्री सडक खण्डमा मंसिर २२ गते साँझ तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएका एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा मे. ९ प ४६९१ नम्बरको मोटरसाइकल, प्रदेश १–०१–०१२ प ८५६५ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ ह ९७६० नम्बरको अटोरिक्सा एकआपसमा ठोक्किएका थिए ।

सो क्रममा मोटरसाइकल (४६९१ नम्बर) मा पछाडि चढेका बाह्रदशी गाउँपालिका–३ निवासी २४ वर्षीय विकास राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड पुर्‍याइएको थियो । उपचारका क्रममा मंसिर २४ गते बुधबार राजवंशीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer