२०८२ मंसिर २८ आइतबार
Jhapa Today
Adv top

न्यु स्टार झापा सिरिजङ्गा गोल्डकपको फाइनलमा


बिर्तामोड, मंसिर २८ । प्रतिस्पर्धात्मक खेलमा साँघुरो जित निकाल्दै झापा बिर्तामोडको न्यु स्टार क्लब ताप्लेजुङमा जारी पाँचौँ सिरिजङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

तेल्लोक माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर, खेलको ६६ औँ मिनेटमा झापाका लागि विदेशी खेलाडी रिचार्ड विल्सनले गरेको गोल नै निर्णायक बनेको हो । उनी खेलको प्लेयर अफ द म्याच बन्दै नगद २ हजार ५ पाउन सफल भए ।

झापाले जित दर्ता गरेसँगै भोलि हुने उपाधि भिडन्तमा सुनसरीको मरिक एफसीसँग भेट पक्का गरेको छ । गोल्डकप विजेताले नगद ३ लाख ३२१ रुपैयाँ पाउने छ भने उपविजेता बन्ने टिमले एक लाख ५० हजार ३२१ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताए ।

Adv footer