२०८२ मंसिर २९ सोमबार
Jhapa Today
Adv top

झापामा दैनिक चोरिँदै सवारीसाधन, छैन प्रहरीको गस्ती


बिर्तामोड, मंसिर २९ । झापाको मेचीनगरबाट विद्युतीय तीकचक्के सवारी साधन सिटी रिक्सा चोरी भएको प्रहरीले जनाएको छ । झापामा सवारी साधनको चोरी बढ्न थालेको छ ।

हिजो बिहानको राति अन्दाजी २ बजे मेचीनगर नगरपालिका वडा नम्बर–१० बिहानी किरण टोल बस्ने रत्नकुमार चौधरीको आफ्नै घरअगाडि पार्किङ गरी राखिएको प्रदेश १–०१–००२ ह १९७९ नम्बरको हरियो रंगको सिटी सफारी हराएको हो ।

त्यसको अघिल्लो दिन बिहानको राति २ बजे अर्जुनधारा ६ सिर्जना टोल बस्ने युवराज बस्नेतको आफ्नै घरमा पार्किङ गरी राखिएको मे. १ ह १२३६ नम्बरको रातो रंगको सिटी सफारी हराएको थियो ।

त्यस्तै, मंसिर २५ गते बिहान ९ः४० बजे दमक-५ स्थित नेपालरिका होटलअगाडि पार्किङ गरी राखेको काठमाडौँ नयाँ बानेश्वर बस्ने तुलसा पन्तको नाममा रहेको रातो रंगको बा. ५९ प ५१०९ नम्बरको स्कुटर हराएको थियो ।

त्यस्तै, मंसिर २४ गते राति अर्जुनधारा वडा नम्बर ६ महानन्दचोक बस्ने भक्ति शिवाकोटीको मे. २ प ७७२ नम्बरको कालो रंगको मोटरसाइकल घरमा पार्किङ गरी राखेको अवस्थामा हराएको थियो ।

त्यस्तै, मंसिर २३ गते दिउँसो ४ बजे मेचीनगर वडा नम्बर ९ बस्ने सुमन बर्देवाको नाममा दर्ता भएको प्रदेश १–०१–०१४ प १४१९ नम्बरको निलो रंगको मोटरसाइकल दमक ८ एनसेल कार्यालयअगाडी पार्किङ गरी राखेको ठाउँबाट हराएको थियो ।

दैनिकजसो सवारीसाधन हराइरहेको भए पनि झापा प्रहरीले रात्रिकालीन गस्ती भने गरेको छैन । जेन्जी आन्दोलनपछि प्रहरी सक्रियता घट्दै गएको बताइन्छ ।

Adv footer