
बिर्तामोड, मंसिर २९ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजार रुपैयाँसम्म ओसारपसार गर्न पाइने भएको छ ।
सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।




