बिर्तामोड, पुस १ । प्रहरीले झापा बिर्तामोड-२ चारपानेकी एक महिलालाई बैङ्किङ कसुर गरेको आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने ४२ वर्षीया प्रिति थापा रहेकी छन् । उनलाई हिजो साँझ पक्राउ गरिएको हो ।
हिजो साँझ बिर्तामोड-५ बिएन्डसी अस्पतालनजिकै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको पत्र आदेशले बैङ्किङ कसुरसम्बन्धी चालु मुद्दाका प्रतिवादी थापालाई नियन्त्रणमा लिई बिर्तामोडमा राखिएको जनाइएको छ ।




