बिर्तामोड, पुस २ । झापाको भद्रपुरमा दुईजना नाबालिकालाई बोलाएर एउटै घरमा जबरजस्ती करणी गर्ने भद्रपुरका एकजना युवक पक्राउ परेका छन् । अर्का एकजना भागेका छन् ।
भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित अक्षय सापकोटाको घरमा सापकोटा र सोही ठाउँ बस्ने २३ वर्षीय विवेक राईले १५ र १३ वर्षका दुई नाबालिकालाई ललाइफकाई सोही घरको अलगअलग कोठामा जबरजस्ती करणी गरेका हुन् ।
पीडितका आफन्तले हिजो जाहेरी दिएपछि प्रहरीले विवेक राईलाई नियन्त्रणमा लिएको छ । अक्षय सापकोटा फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले तीन दिनअघि मंसिर २८ दिउँसो जबरजस्ती करणी गरेका हुन् ।




