२०८२ पुष ४ शुक्रबार
Jhapa Today
Adv top

मेचीनगरमा मोटरसाइकलले अटोलाई ठक्कर दिँदा एक घाइते


बिर्तामोड, पुस ४ । झापाको मेचीनगरस्थित भित्री सडकमा दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन् । आज साँझ ५ः३० बजे धुलाबारी-शान्तिनगर सडक-खण्डमा दुर्घटना भएको हो ।

धुलाबारीबाट मंगलबारेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१ ह ७७८३ नम्बरको तीनपांग्रे अटो रिक्सालाई विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–१६ प ४७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

स्थानीयबासीका अनुसार दुर्घटनामा मेचीनगर-९ खुट्टीडाँगी नजिकै भएको हो । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई अटो रिक्सालाई ठक्कर दिएको बताइएको छ । दुर्घटनामा मोटरसाइकल लगभग दुई टुक्रा भएको छ ।

दुर्घटनामा अटो रिक्सा चालक बुद्धशान्ति-४ का ३० वर्षीय राज जोशी सामान्य घाइते भएका छन् । उनको निधारमा चोट लागेको छ । मोटरसाइकाल चालक बुद्धशान्ति-५ का २३ वर्षीय युवराज खतिवडा सकुशल रहेका छन् ।

Adv footer