
बिर्तामोड, पुस ४ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफर सार्वजनिक गरेको छ ।
यही पुस ६ गतेदेखि ११ गतेसम्म बिर्तामोडस्थित टिभिएस सोरुममा सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ३० हजार रुपैयाँको मूल्यांकन प्राप्त गर्न सकिने सञ्चालक याम कार्कीले बताए ।
कार्यक्रमका बारेमा जानकारी दिँदै सञ्चालक कार्कीले भने, “हाम्रा ग्राहकहरूलाई यसपटक अलि फरक अफर दिँदै छौँ । गुडे पनि नगुडे पनि जुनसुकै बाइक वा स्कुटर ल्याउनुहोस् अनि ३० हजारसम्मको भ्यालुयसन पाउनु होस् ।”
साथै, यो अफरअन्तर्गत ग्राहकहरूले १० हजार रुपैयाँसम्मको थप मूल्य, ८ हजार रुपैयाँसम्मको नगद छुट र निःशुल्क बाइक एसेसरिज समेत प्राप्त गर्न सक्ने सञ्चालक सजेश शिवाकोटीले बताए ।





