२०८२ पुष ७ सोमबार
Jhapa Today
Adv top

सुन तोलाको २ लाख ६१ हजार ७००


बिर्तामोड, पुस ७ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो ।

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Adv footer