२०८२ पुष ७ सोमबार
Jhapa Today
Adv top

अर्जुनधारामा भीरबाट लडेर मगरको मृत्यु


बिर्तामोड, पुस ७ । झापाको अर्जुनधारामा भीरबाट लडेर एकजना बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । भीरबाट लड्नुको कारण भने थाहा हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेका अर्जुनधारा-२ लाप्चेटारका अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर रहेका छन् । उनी हिजो साँझ ७ बजे घरबाट हिँडेका थिए ।

आफ्नै पुरानो घर जान्छु भन्दै हिँडेका मगर फर्किएर आज दिउँसोसम्म घर नआएपछि खोजी गरिएको थियो । शान्ति सामुदायिक वनभित्र रहेको अन्दाजी ७० फिट अग्लो भीरबाट लडेर मृत अवस्थामा उनको शव भेटिएको थियो ।

मगरको शव आज बिहान स्थानीयबासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

Adv footer