२०८२ पुष ८ मंगलबार
Jhapa Today
Adv top

कामाटोलीमा इन्टरनेटको तार चुडाउने ट्रक चालक पक्राउ


बिर्तामोड, पुस ८ । झापाको झापा गाउँपालिकास्थित कामाटोली बजारमा इन्टरनेटको तार चुडाउने ट्रक नियन्त्रणमा लिइएको छ भने चालक पक्राउ परेका छन् ।

सो तारमा अल्झिएर झापा-६ शरणामतीका ५५ वर्षीय सहरमा कटुवाल घाइते भएका थिए । करिब साढे तीन महिनापछि उनको हिजो राति मृत्यु भएको थियो । झापा गाउँपालिका-३ कामाटोलीमा स्कुटर दुर्घटना हुँदा घाइते भएका कटवालको घरमै मृत्यु भएको हो ।

गत भदौ १९ गते मध्यान्ह १२ बजे सुरुंगाबाट कामाटोलीतर्फ आएको ना. ५ ख ४७०५ नम्बरको ट्रकले इन्टरनेटको तार चुडाएको थियो । सोही लत्रिएको तारमा अल्झिएर प्र. १–०१–०१७ प ८६२४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक कटवाल घाइते भएका थिए ।

प्रहरीले ट्रक र चालक बारा निजगढ नगरपालिका-११ बस्ने ४१ वर्षीय रतनलाल तामाङलाई नियन्त्रणमा लिएको हो । ट्रक इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ भने चालकलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।

Adv footer