२०८२ पुष ८ मंगलबार
Jhapa Today
Adv top

सुन तोलाको २ लाख ६७ हजार


बिर्तामोड, पुस ८ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६४८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer