२०८२ पुष ९ बुधबार
Jhapa Today
Adv top

दमकमा ढलमा मोटरसाइकल पस्दा चालकको मृत्यु


बिर्तामोड, पुस ९ । झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दमक बजारको भित्री सडकमा नालाभित्र मोटरसाइकल पस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका-६ बस्ने ३८ वर्षीय विनोद राई रहेका छन् । मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।

हिजो राति दमक–७ लाँलीगुरास टोलस्थित भित्री सडकखण्डमा हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल बाटोको पूर्वपिट्ट पानी भएको ढलको नालीभित्र पसेर दुर्घटना भएको हो ।

नालीमा मोटरसाइकल र चालक लडिरहेको देखेर स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकले काम सुरु गरेको छ ।

Adv footer