२०८२ पुष ९ बुधबार
Jhapa Today
Adv top

पत्रकार महासंघ झापाको स्थापना दिवसमा रक्तदान


बिर्तामोड, पुस ९ । झापाको बिर्तामोडमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । महासंघको शाखा स्थापनाको अवसरमा रक्तदान आयोजना गरिएको हो ।

३७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ । महासंघका सदस्य, सुरक्षाकर्मी तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग तथा झापा ब्लड डोनर्स सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघ झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाईं, गणेश पोखरेल, ११९ औँ पटकका रक्तदाता तथा पत्रकार नेत्र बिमली, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनोमल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासंघ झापा शाखका उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

Adv footer