२०८२ पुष ११ शुक्रबार
Jhapa Today
Adv top

मलद्वारभित्र ब्राउनसुगर ल्याउने दानाबारीका दुईजना पक्राउ


बिर्तामोड, पुस ११ । झापाको भद्रपुर नगरपालिका–५ मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित इलामका दुईजना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम माई नगरपालिका–१ दानाबारीका ३१ वर्षीय सन्देश राई र सोही मोटरसाइकलको पछाडि चढेका सोही स्थानका ४६ वर्षीय टेकबहादुर लिम्बु रहेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०३००१ प ४९५५ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरूलाई हिजो साँझ ५ः४० बजे जाँच गर्दा सन्देश राईको मलद्वारभित्र प्लास्टिकको पोका पारेर लुकाइछिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने ५ ग्राम १०० मिलिग्राम लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान तथा कानुनी कारबाही लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

Adv footer