
बिर्तामोड, पुस १२ । बिनाभिसा भारततर्फ जान लागेका एक अमेरिकी नागरिक पक्राउ झापाको भद्रपुर नाकामा पक्राउ परेका छन्। हिजो दिउँसो साढे १ बजे भद्रपुर-५ स्थित मेची पुल पारी सीमा नाका तैनाथ सुरक्षाकर्मीले जाँच गर्ने क्रममा अमेरिकन नागरिक ३६ वर्षीय मार्क एन्ड्रयु क्युटिलोस्कीलाई नियन्त्रणमा लिएको हो।
अमेरिकाबाट थाइल्यान्ड हुँदै नेपाल भ्रमणमा आएका क्युटिलोस्कीको भिसा म्याद सकिएको दुई महिना भइसकेको उनीसँग फेला परेको कागजातमा देखिन्छ। मानसिक सन्तुलनसमेत ठिक नभएको क्युटिलोस्की बिनाभिसा भारत जान खोजेका थिए।
भारततर्फ जानुअघि नै यहाँका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई आवश्यक कारबाहीको लागि अध्यागमन कार्यालय काँकरभिट्टा पठाइसकेको जनाइएको छ।




