२०८२ पुष १२ शनिबार
Jhapa Today
Adv top

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो


बिर्तामोड, पुस १२ । चालु आर्थिक वर्ष २०८२–०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको छ ।

पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को सोही अवधिमा तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँबराबरको अलैँची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार मूल्य बराबरको चिया निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को सोही अवधिमा दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपैयाँबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमि आएको छ ।

मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँबराबरको मालवस्तु निर्यात भएको छ ।

Adv footer