२०८२ पुष १२ शनिबार
Jhapa Today
Adv top

कारागारबाट भागेका बिर्तामोडका मियाको भारतमा मृत्यु


बिर्तामोड, पुस १२ । कारागारबाट भागेका झापा बिर्तामोडका एकजना कैदीको भारतमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको दुई दिनअघि मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ बस्ने ४० वर्षीय आलम मिया रहेका छन् ।

मिया भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा काठमाडौँबाट फरार भएका थिए । उनी भारतको हिमाञ्चल प्रदेशको एच एन्ड एफए पानी प्रशोधित कम्पनीमा काम गर्थे ।

पुस १० गते अचानक बेहोस भएर लडेका उनको उपचार क्रममा मृत्यु भएको हो । उनी जबरजस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।

मियाका आफन्तले शव भारत गलगलिया हुँदै नेपालको भद्रपुर सिमानाकाबाट बिर्तामोड ल्याएका छन् ।

Adv footer