२०८२ पुष १४ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडका डान्सबारबाट दुईजना कर्मचारी पक्राउ


बिर्तामोड पुस १४ । झापाको बिर्तामोडमा अबेर रातिसम्म सञ्चालन हुने डान्सबारबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । रातिको २-३ बजेसम्म युवती नचाएर सञ्चालन हुने डान्सबार प्रहरीकै मिलेमतोेमा चल्दै आएका छन् ।

रात्रिकालीन गस्तीमा हुने प्रहरीले पैसा लिएर सञ्चालन हुने डान्सबारबाट हिजो राति भने दुईजनालाई पक्राउ गरिएको हो । हिजो राति १२ः३० बजे डिडब्ल्यु डान्स बार र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्टलाई पक्राउ गरिएको हो ।

डान्सबारका सञ्चालकलाई भने प्रहरीले पक्राउ गरेको छैन । डिडब्ल्युमा काम गर्ने मेचीनगर-२ का २३ वर्षीय संगीत राजवंशी र द नाइट लाइफका सप्तरी गोलबजार-१ बस्ने २३ वर्षीय युगल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोड क्षेत्रमा सञ्चालित डान्स बारहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक रबिन खड्काको टोलीले कर्मचारीहरुलाई नियन्त्रणमा लिएको हो ।
बिर्तामोडका डान्सबारमा नाच्ने युवतीहरु यौन धन्धामा पनि संलग्न हुँदै आएको बताइन्छ ।

Adv footer