बिर्तामोड पुस १५ । झापासँग सीमा जोडिएको इलामको दानाबारीमा काठ तस्करीमा संलग्न एकजना फरार अभियुक्तलाई इलाम प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पक्राउ पर्नेमा साविक दानाबारी-९, हाल माई नगरपालिका-१ का ३५ वर्षीय डिल्लीराम राई रहेका छन् ।
राईलाई २०७० असार २५ गते इलाम जिल्ला अदालतले वन पैदवार मुद्दामा एक वर्ष कैद र ८० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
अदालतको फैसलापछि राई फरार रहेका थिए । प्रहरीले उनलाई १२ वर्षपछि माई-१ बाट हिजो पक्राउ गरेको जनाएको छ । पक्राउ परेका राईलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।
राईलगायतको समूहले माई नगरपालिका क्षेत्रका वनबाट सालको काठको तस्करी गर्दै आएका थिए । उनीहरुले अधिकांश काठ झापाको बिर्तामोडमा पठाउने गरेको प्रहरीले जनाएको छ ।



