
बिर्तामोड, पुस १६ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार १०० रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।
अघिल्लो दिन मंगलबार तोलाको ४ हजार ५९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ४ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २३ हजार ७६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ८३२ रुपैयाँमा कारोबार भइरहेको छ ।



