२०८२ पुष १६ बुधबार
Jhapa Today
Adv top

किशोरीलाई अश्लील हर्कत गर्ने भद्रपुरका टुडू पक्राउ


बिर्तामोड पुस १६ । विद्यालय जाने छात्रालाई कट्टु खोलेर संवेदनशील अंग देखाउने भद्रपुरका एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर-१ बस्ने ४० वर्षीय मंगल टुडू रहेका छन् ।

तीन दिनअघि बिहान १० बजे भद्रपुर-१ मा टुडूले विद्यालय जाने क्रममा १४ वर्षकी नाबालिकालाई बाटो छेक्ने, जिस्क्याउने, आफूले लगाएको कट्टु र पेन्ट खोलेर संवेदनशील अंग देखाउने लगायतका अश्लील कार्य गरेका थिए ।

यसअघि पनि उनले विद्यार्थीलाई बाटो हिँड्ने क्रममा त्यस्तो क्रियाकलाप गरेको बुझिएको छ । पीडित नाबालिकाकी आमाले टुडूलाई कानुनबमोजिम कारबाही गरी पाउँ भन्दै जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उनलाई आज जिल्ला अदालतमा पेस गरेर अनुसन्धानको लागि म्याद थप गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीमाथि बाल यौन दुर्व्यवहार कसूरमा मुद्दा चल्ने भएको छ । मुलुकी अपराध संहिता २०७४ को करणी कसूरअन्तर्गत बाल यौन दुर्व्यवहार कसूरमा मुद्दा चल्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

Adv footer