बिर्तामोड पुस १६ । श्रीमतीलाई कुटपिट गरी जिउँदै जलाउन खोज्ने अर्जुनधाराका एक व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छन् ।
हिजो राति १० बजेतिर अर्जुनधारा ४ भाङबारी बस्ने ४० वर्षीय डम्बर परियारले आफ्नै श्रीमती ४२ वर्षीया मेनुका परियार गुरूङलाई सामान्य वादविवाद भई कुटपिट गरी आगोमा घिसारेर हाल्ने प्रयास गरेका थिए ।
घाइतेको ढाड, अनुहार, घुँडा र हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
हिजो प्रहरी चौकी शनिश्चरेमा लिखित निवेदन दिएपछि परियारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।



